२०८१ फाल्गुन ३ गते शनिवार

दुधरास-छिल्लीकोट दौड प्रतियोगिता



२७ पुस, तुलसीपुर- राष्ट्रिय एकता दिवसको अवसरमा दाङको पर्यटकीय क्षेत्र दुधरासदेखि छिल्लीकोटसम्मको दौड प्रतियोगिता भएको छ । नेपाली सेनाको १९ नं. बाहिनि अड्डाको समन्वय, तुलसीपुर उपमहानगरपालिका र रणसिंहदल गणको संयुक्त आयोजनामा शनिबार दौड प्रतियोगिता भएको हो । १२ किलोमिटर क्षेत्रमा दौड प्रतियोगिता भएको हो । लिगलिग कोटको राजा दौडबाटै छानिन्थ्यो। त्यसकै सन्देश दिन तथा छिल्लीकोट पर्यटकीय क्षेत्रको विकास गर्न प्रतियोगिता आयोजना गरिएको हो ।

दौडमा रणसिंह दल गण दाङमा कार्यरत रामजी बस्नेत प्रथम हुनुभएको थियो । उहाँले ५१ मिनेट ३१ सेकेन्डमा पार गर्नुभएको थियो। प्रथम २० हजार, द्वितीय विशालकुमार महत,१५ हजार र तृतीय एकेन्द्र कार्कीलाई दस हजार र खगिसरा रावल शान्त्वना पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

त्यस अवसरमा नगरप्रमुख टीकाराम खड्काले छिल्लीकोट गढीकारुपमा रहेको बताउनुभयो । उहाँले यसको ऐतिहासिक दरबार क्षेत्रको उत्खनन् गरिनुपर्ने बताउनुभयो ।उहाँले छिल्लीकोट क्षेत्रमा पर्यटन प्रवर्धनका लागि साससिक खेल जीपलाइन,होमस्टे सञ्चालनमा आएको र खानेपानी,विद्युत र सडक पूर्वाधार निर्माणकै चरणमा भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले यस्ता खेलले पर्यटन प्रबर्द्धन गर्ने बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ वडाध्यक्ष प्रेमनाथ योगीले राष्ट्रिय एकता दिवसले छिल्लीकोटको ईतिहासलाई परिचित गराउने बताउनुभयो । छिल्लीकोटमा दुईसय ९३ बर्ष राज गरेको ईतिहास छ ।

वि.सं.१५५०देखि छिल्लीकोटमा मेघनाथ शाहले राज्य गरेको र अन्तिम राजा वीरभद्र शाह थिए । १८४३ सालसम्म राज्य गरेको ऐतिहासिक तथ्य छन्। १८४३ कार्तिक १९ गते दामोदर पाण्डे,जगतजित पाण्डे,सर्दार प्रबल राना,सुब्बा फौदसिंह खत्रीसहितको टोलीले बिनायुद्ध छिल्लीकोट राज्यलाई एकीकरण गरि नेपालमा गाभिएको थियो ।

प्रकाशित मिति : २०८१ पुष २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस्