२०८१ मङ्सिर २४ गते सोमवार

आज दाङका ४३ जनामा कोरोना पुष्टि



२७ पुस,घोराही –
दाङमा आज १९ जनामा पिसिआर परिक्षणमा र २४ जनामा एन्टिजेन परिक्षण गर्दा कोरोना देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ५८ जनाको पिसीआर परिक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिभिन्न स्थानमा २० जनाको एन्टिजेन परिक्षण गर्दा अन्य ४ जनामा पनि कारोना संक्रमण देखिएको छ ।

घोराहीका १७, तुलसीपुर र दंगिशरणका २/२, बबई र गढवाका १/१ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण हुनेमा १७ महिला र १० जना पुरुष रहेको जना रहेको आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

यस्तै यो बाहेक आज नै तुलसीपुरमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  मेट्रो अस्पताल तुलसीपुरमा ४५ जनाको आरटी एन्टिजेन विधि मार्फत गरिएको परिक्षणमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुरका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनुभएको छ ।

यसैविच जिल्लामा आज सक्रिय संक्रमितको संख्या १६३ जना रहेको छ । उनीहरुमध्ये १३६ जना घरमा, २६ जना अक्सिजनमा र १ जना आइसियू सहितको उपचारमा रहेको केन्द्रको भनाई छ ।।

प्रकाशित मिति : २०७८ पुष २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्