२७ पुस, दाङ- तुलसीपुर उपमहानगरले पशुहरुका लागि निशुल्क कृतिम गर्भाधान सुविधा उपलब्ध गराउने भएको छ । जिआईजेडको आर्थिक सहयोग, जिल्ला सहकारी संघ, तुलसीपुर उपमहानगरपालिकाको पशु विकास शाखासंगको सहकार्य र हाम्रो पहुँच बहुद्देश्यीय सहकारी संस्थाको व्यबस्थापनमा दुधालु पशुहरुका लागि निशुल्क कृतिम गर्भाधान सुविधा उपलब्ध गराईने भएको हो ।
पशुहरुलाई सामान्य विर्यबाट कृतिम गर्भाधान निशुल्क गरिने भएको छ । त्यसैगरी लिङ्ग पहिचान भएको विर्य प्रयोग गर्दा भने केहि शुल्क लाग्ने जिल्ला सहकारी संघका सचिव शुक्रराज भण्डारीले जानकारी दिनुभयो ।
लिङ्ग पहिचान भएको विर्य केहि समयपछि मात्र उपलब्ध हुने भएकाले अहिले सामान्य विर्यबाटै निशुल्क कृतिम गर्भाधानको सुविधा घरमै लिन सबै कृषकमा आग्रह गरिएको बताउनुभयो ।