२०८१ मङ्सिर १६ गते आइतवार

घोराहीमा सहिद तथा वेपत्ता परिवारको निशुल्क स्वास्थ्य बिमा



२७ पुस,घोराही –स्थानिय निकायले जनयुद्ध,जनआन्दोलनका सहिद तथा वेपत्ता परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने काम सुरु गरेका छन् । बिमा गर्ने काम घोराही उपमहानगरपालिको वडा नम्बर १४ र १७ सुरु गरेका हुन । आर्थिक बर्ष २०७८/८९ मा यी वडाहरुले बजेट व्यवस्थापन गरी उनिहरुको स्वास्थ्य विमा सुरु गरेको घोराही उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो ।

वडामा रहेका द्धन्द्ध पिडीतहरुको तथ्याङक संकलन गरी बिमा गराउँने काम भईरहेको अध्यक्ष डाँगीले जानकारी दिनुभयो । वडा नम्बर १४ मा रहेका १८ घर परिवारका करिब एकसय जनाको बिमा गर्नेकाम जारी रहेको उहाँको भनाई छ ।

यस्तै वडा नम्बर १७ मा ३० घर परिवारका एकसय ५० जनाको विमा भईसकेको वडा नम्बर १७ का अध्यक्ष खुशीराम चौधरीले जानकारी दिनुभयो । अन्य बाकँी रहेका द्धन्द्ध पिडीतको तथ्याङक संकलन गर्ने कार्य दुवै वडाहरुले जारी राखेका छन् । बिमा बनाउँदा ५ परिवार बरावर तीनहजार पाँच सयका दरले रकम बुझाउँनु पर्ने व्यवस्था छ । बाँकी पाँच जना भन्दा माथी प्रति व्यक्ति व्यक्ति थपिए सात सयका दरले विमा रकम थप्दै जानुपर्ने व्यवस्था रहेको छ ।

बिमागरे वाफत विमितहरुले बार्षिक एक लाख रुपैयाँ उपचार खर्च पाउँने वडा कार्यालयले जनाको छ । कार्यक्रमको उद्घाटन गर्दे वडा अध्यक्ष शक्तिराम डाँगीले वडाको निशुल्क स्वास्थ्य विमा कार्यक्रमले जनयुद्ध,जनआन्दोलनका सहिद तथा वेपत्ता परिवारको स्वास्थ्य उपचारमा गर्न सहयोग पुग्ने बताउँनुभयो ।

प्रकाशित मिति : २०७८ पुष २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्