२०८१ मङ्सिर १६ गते आइतवार

आजदेखी सुरु हुने भनिएको माघ सांस्कृतिक महोत्सव स्थगित



२७ पुस,घोराही- घोराहीमा आजदेखी सुरु हुने भनिएको माघ सांस्कृतिक महोत्सव स्थगित भएको छ । थारु कल्याणकारिणी सभा दाङ देउखरको आयोजनामा यही पुस २७ र २८ गते आयोजना गर्ने भनिएको माघ सांस्कृतिक महोत्सव २०७८ कोरोनाका कारण स्थगित गरिएको छ ।

बढ्दो कोरोना संक्रमण, डेल्डा र ओमिक्रोन भेरिएन्टको चाँपलाई ध्यानमा राखि मेला महोत्सव नगर्ने, २५ जना भन्दा बढि भेला नहुने भनि केन्द्रिय विपद व्यवस्थापन समन्वय समितिले निर्णय गरी सरकारलाई गरेको सिफारिस स्वीकृत भएको अहिलेको अवस्थामा मेला महोत्सव गर्न उचित हुदैन भन्ने जनमानसवाट प्राप्त भएको सल्लाह सुझावलाई मध्यनजर गरि अर्को सुचना नआउदा सम्मको लागि मोहत्सव सञ्चालनलाई स्थगित गरिएको महोत्सव मूल आयोजक समिति संयोजक भुवन चौधरीले जानकारी दिनुभयो ।

महोत्सव स्थगन गर्दा आम नागरिकमा परेको असुविधा प्रति आयोजक क्षमाप्रार्थी भएको सामाजिक सञ्जाल फेसबुकमार्फत चौधरीले सार्वजनिक गर्नुभएको छ ।।

प्रकाशित मिति : २०७८ पुष २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्