२०८१ चैत्र १० गते आइतवार

रुकुम पश्चिममा भिरबाट लडेर एक युवकको मृत्यु



 २७ पुस,रुकुम पश्चिम।

रुकुम पश्चिममा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका २ का २४ वर्षीय गोविन्द थापाको मृत्यु भएको हो । डोल्पाबाट घर फर्कने क्रममा वडा नं. २ कै जहरे खोला भन्ने ठाउँमा भिरबाट लडेर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कामका लागि डोल्पा गएका थापा घर फर्कने क्रममा रातिको समयमा भिरबाट खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । थापा घटनास्थलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले जनकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७७ पुष २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्