२७ पुस,दाङ । चालु आर्थिक वर्ष २०७७/०७८ को ६ महिना सकिदा सम्म उप महानगरपालिकाहरुमा विकास बजेट १८ प्रतिशत पनि खर्च हुन सकेको छैन । जिल्लामा रहेका २ वटा उप महानगरपालिकामा विकास बजेट न्युन मात्रामा खर्च भएको उप महानगरपालिकाहरुले जनाएका छन् ।
हाल सम्म १५ करोड ७७ लाख ८४ हजार १६ रुपैया खर्च भएको घोराही उप महानगरपालिकाका लेखा अधिकृत लोकमणि शर्माले जानकारी दिए । जुन विकास बजेटको १७ प्रतिशत रहेको हो । चालु तर्फ घोराही उप महानगरपालिकामा १ अर्व २१ करोड ९७ लाख ७३ हजार ८ सय २२ रुपैया वजेट रहेको थियो ।घोराही उप महानगरपालिकामा विकास बजेट १७ प्रतिशत खर्च भएको छ । भने चालु तर्फ ३३.४० प्रतिशत वजेट खर्च भएको छ । घोराही उप महानगरपालिकामा विकास बजेट ९२ करोड ७९ लाख ३५ हजार ७ सय ३९ रुपैया बजेट रहेको छ ।
हाल सम्म ४० करोड ८३ लाख ४२ हजार ८ सय ४९ रुपैया खर्च भएको उनको उनको भनाइ रहेको छ । जुन चालु बजेटको ३३.५ प्रतिशत रहेको छ । घोराहीमा कुल बजेट २ अर्व १४ करोड ७७ लाख ९ हजार ५ सय ६२ रुपैया बजेट रहेको छ । जसमा हाल सम्म ५६ करोड ६१ लाख २६ हजार ८ सय ६५ रुपैया खर्च भएको छ ।
जुन कुल बजेटको २६.४० प्रतिशत रहेको लेखा अधिकृत शर्मा बताउछन् । ६ मनिाको अवधीमो विकास बजेट खर्च सन्तोष जनक मान्न नसिकने उनको भनाइ रहेको छ । ६ महिनामा अल्ली वढी खर्च हुनु पर्न भए पनि त्यसो हुन नसकेको उनको भनाइ रहेको छ । ‘अहिलेको अवस्था अनुसार विकास बजेट ठिकै हो’ लेखा अधिकृत शर्माले भने ।
यता तुलसीपुर उप महानगरपालिकामा पनि विकास बजेट न्युन मात्रामा खर्च भएको छ । तुलसीपुर उप महानगरपालिकामा हाल सम्म करिव १३ प्रतिशत बिकास बजेट खर्च भएको छ । तुलसीपुर उपमहानगरपालिकामा पुस २४ गते सम्म विकास बजेट १२.६६ प्रतिशत खर्च भएको लेखा अधिकृत प्रदिपकुमार वलीले जानकारी दिए ।
कोभिडको कारणले पनि वजेट खर्च न्युन भएको उनको भनाइ रहेको छ । पहिलो चौमासिक सम्म योजनाहरुको ठेक्कामा जाने भएकाले पनि कम खर्च हुने गरेको उनले बताए । कोभिड १९को प्रभावले पनि यसमा थप समस्या पारेको वली बताउछन् ।तुलसीपुर उप महानगरपालिकामा विकास बजेट १ अर्ब ३१ करोड ७८ लाख ८३ हजार ४ सय २४ रुपैया रहेको थियो । जसमा १६ करोड ६९ लाख १९ हजार ९ सय ६७ रुपैया खर्च भएको छ । जुन १२.६६ प्रतिशत रहेको छ । चालु तर्फ १ अर्ब १ करोड ३४ लाख ८० हजार ५ सय ७६ रुपैया वजेट रहेको थियो ।
जसमा ४० करोड ७६ लाख ५१ हजार ३ सय ९२ रुपैया खर्च भएको छ । जुन खर्च प्रतिशत हो । वितीय तर्फ १ करोड १५ लाख वजेट विनियोजन गरिएको थियो । जसमा २८ लाख १३ हजार ६ सय ४० रुपैया खर्च भएको छ । जुन २४.४७ प्रतिशत रहेको छ ।