२७ पुस, घोराही।
राप्ती अञ्चल डेलिभरि बितरक संघको सभाहलका लागि नेपाल निर्माण ब्यबसायी महासंघ लुम्बिनि प्रदेशले आर्थीक सहयोग गरेको छ । भबन निर्माणका लागि महासघंले २५ हजार ५ सय ५५ रुपैया आर्थिक सहयोग गरेको हो ।
निर्माण ब्यबसायी महासंघका अध्यक्ष बलिभद्र रानाको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले सो रकम सहयोग गर्ने निर्णय गरेको हो । अध्यक्ष रानाले डेलिभरि बितरक संघका अध्यक्ष धुर्बराज श्रेष्ठ भारिलाई सहयोग रकमको बारेमा भएको निर्णय बारे जानकारी दिनुभयो ।
सस्थाका अध्यक्ष भारी र सचिब भरतराज श्रेष्ठले संस्थाको भबन निर्माणका लागि सहयोग गर्नेक्रम जारी रहेको भन्दै सबैलाई सहयोगको लागि अपिल गर्नुभएको छ । साथै उहाहरुले सस्थाको भबन निर्माणका लागि आर्थीक सहयोग गरेकोमा प्रदेश निर्माण ब्यबसायी महासंघलाई संस्थागत रुपमै धन्यवाद दिनु भएको छ ।।