२०८१ असोज २३ गते बुधवार

सल्यानका सडकमा अलपत्र ९ जनाको उद्दार



२७ पुस । सल्यानका विभिन्न ठाउँमा सडकमा जीवन बिताइरहेका ९ जनाको उद्दार गरिएको छ । मानव मुक्त बनाउने उद्देश्यले सडकमा अलपत्र परेकाहरूको उद्दार गरिएको हो ।

सदरमुकाम खलंगा, श्रीनगर, छत्रेश्वरी लगायतका विभिन्न ठाउँमा सडकमा अलपत्र परेकाहरूलाई निल सागर असहाय असक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र नेपालगञ्ज पठाइएको रेस नेपाल सल्यानकी कार्यक्रम संयोजक मीना बुढाथोकीले बताउनुभएको छ ।

सल्यानका सडकमा अझै धेरै मानिस अलपत्र परेकाले उनीहरूको पनि उद्दार गरिने शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारीले जानकारी दिनुभएको छ । कर्णाली प्रदेश सरकारले एक वर्षअघि प्रदेशलाई सडक मानव मुक्त प्रदेश घोषणा गरिसकेको छ ।।

प्रकाशित मिति : २०७७ पुष २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्