२०८१ चैत्र ६ गते बुधवार

कोरोना संक्रमणबाट एकजना पुरुषको मृत्यु



२७ पुस, दाङ । चितवनमा कोरोना संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ ।
भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा राप्ती नगरपालिका–५ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक प्रा.डा. दयाराम लम्सालले बताए ।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनी उपचारका लागि पुस १९ गते अस्पताल आएका थिए । सोही दिन संक्रमण पुष्टि भएका उनको उपचारको क्रममा आइतबार राति ८ः५९ बजे मृत्यु भएको उनले बताए ।

 

प्रकाशित मिति : २०७७ पुष २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्