२०८१ माघ ७ गते सोमवार

थारू बस्तीमा माघीको चहल पहल



२७ पुस, दाङ ।दाङ लगायतका तराईका थारू बस्तीमा माघी पर्वको रौनक छाउन थालेको छ । थारू समुदाय माघी पर्व मनाउन खानपिनका वस्तुको किनमेलसॅंगै घर लिपपोत र सरसफाइमा जुटेका छन् ।
गाउँगाउँमा माघीका लागि विभिन्न उमेर समूहका स्थानीयहरूबीच किनमेल, कुटानी पिसानी र नाचका टोलीहरू बनाउनेबारे सरसल्लाह भइरहेको छ । माघी पर्वमा आफन्त तथा साथीभाइलाई थारू समुदायको पकवान ढिकरी तथा सुगुर बंगुरको मासु खानेरखुवाउने चलन छ ।

गाउँभरिका थारू समुदाय एकै ठाउँमा सुँगुर, बंगुर काट्ने हुँदा आफ्नो परिवारलाई चाहिने मासुको जोहो पर्व सुरु हुनुअगावै भइसकेको छ । यो पर्वमा थारू समुदायका घरमा खासगरी सुँगुर, बंगुरको मासु खाने चलन छ । माघीमा जाँड, सुँगुर र बंगुरको मासु खाने चलन भएकोले थारू गीत पनि त्यसै अनुसार गाइएका छन् ।

प्रकाशित मिति : २०७७ पुष २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्