२०८१ माघ ५ गते शनिवार

तुलसीपुरमा स्थानीय उत्पादनलाई बजारीकरण गर्न ठाउँ–ठाउँमा बोर्ड



२३ मंसिर, दाङ- स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्ने उद्देश्यले दाङ तुलसीपुरका १९ वटै वडामा सचेतना बोर्ड राख्ने कार्यक्रम सुरु भएको छ । आईतबार तुलसीपुर १८ देखि यो कार्य सुरु भएको हो ।

तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले यसरी बोर्ड राख्न सुरु गरेको हो ।
पछिल्लो समय घरेलु तथा साना उद्योगहरु बन्द भइरहेको अबस्थामा स्थानीय तथा घरेलु उत्पादनलाई प्रबर्दन गरेमा समृद्ध मुलुक बनाउन सकिने सन्देश दिन बोर्ड राख्न थालिएको महासंघका अध्यक्ष लालबहादुर केसीले बताए ।

‘उद्यमशिल संस्कृति, राष्ट्रको समृद्धि’ भन्ने मूल नारासहित अन्य बिभिन्न नाराहरु लेखिएको बोर्ड राख्न थालिएको हो । तुलसीपुर उपमहानगरपालिका आर्थिक विकास समितिका संयोजक माधव वलीले स्थानीय उत्पादनको प्रयोग गर्न यस्ता सचेतना कार्यक्रमले प्रभाब पार्ने बताए ।

तुलसीपुर उपमहानगरपालिकाका उद्योग प्रवद्र्धनका शाखा प्रमुख रेखा शर्माले तुलसीपुरको आर्थिक विकासका लागि उपमहानगरपालिकाले अहिले स्थानीय उत्पादनको प्रयोग गर्न नागरिकलाई सचेतना दिन ठाउँ–ठाउँमा बोर्ड राख्ने अभियान शुरु भएको बताईन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्