२०८१ मङ्सिर २४ गते सोमवार

दाङमा चार महिनामा १४ हजार ७ सय चालक कारबाहीमा



२४ मंसिर,घोराही –
दाङमा चालु आर्थिक वर्षको चार महिनामा ट्राफिक नियम विपरीत सवारी चलाउने साढे १४ हजार बढी चालक कारवाहीमा परेका छन् । गत वर्षको तुलनामा केही कमि आएपनि यस वर्ष १४ हजार ७ सय सवारी चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

सिट क्षमताभन्दा बढी सवारी राख्ने, सिट बेल्ट नबाँधेर सवारी चलाउने, सवारी चलाउँदा फोनको प्रयोग गर्ने, मादकपदार्थ सेवन गरेर सवारी चलाउने, तिब्र गतिमा सवारी हाँक्ने, सावरी चालक अनुमतिपत्र बिना सवारी चलाउने र साथमा सवारी साधनको कागजपत्र नबोक्ने सवारी चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रमुख थम्मन जिसीले जानकारी दिनुभयो ।

कारवाही पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन् । चार महिनामा ५ हजार ४७३ मोटरसाइकल चालक कारवाहीमा परेका छन् । त्यस्तै बस १५ सय २५, ट्रक ३३ सय १२, जिप/कार १७ सय ४०, ट्याक्टर १२ सय ५९ र अटो चालक १३ सय ९२ कारवाहीमा परेका छन् । मोटरसाइकल चलाउने अधिकांशले सवारी चालक अनुमतिपत्र नबोक्ने गरेको ट्राफिक प्रमुख जिसीले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ मङ्सिर २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्