२०८१ माघ १२ गते शनिवार

दाङमा खोर भित्रै पसेर बाघले १४ वटा बाख्रा मा¥यो



२४ मंसिर,घोराही – दाङमा खोर भित्र पसेर बाघले १४ वटा बाख्रा मारेको छ । हिजो साँझ ७ बजे बबई गाउँपालिका वडा नं. ५ बगरपुर निवासी देव वहादुर खड्काले पालन गरेको बाख्रालाई खोर भित्रै पसेर आक्रमण गरी मारेको हो ।

बाघले १४ वटा बाख्रा मारेको तर साना पाठापाठी भने नमारेको खड्काले बताउनुभयो बाँके राष्ट्रिय निकुञ्जको मध्यबर्ती क्षेत्र नजिक भएकाले निकुञ्जको बाघ खोर भित्र पसेर बाख्रा मारेको हुन सक्ने स्थानीयले बताएका छन् ।।

प्रकाशित मिति : २०७८ मङ्सिर २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्