२०८१ चैत्र ११ गते सोमवार

मन्त्रिपरिषदको निर्णय अनुसार विश्वराज पोखरेल एआईजीमा बढुवा



२५ मंसिर । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् ।बिहिवार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

यस अघि मन्त्रिपरिषद् बैठकले एआईजीको दरबन्दी थपेको थियो । सरकारले नेपाल प्रहरीको संगठनात्मक संरचना स्वीकृत गर्दै नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजीको दरबन्दी थप्ने निर्णय गरेको थियो।

सोही एक दरबन्दीमा उनी बढुवा सिफारिस भएका थिए । गत मंसिर १५ गते गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले पोखरेललाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ९४० को प्रावधानअनुसार बढुवाका लागि सिफारिस गरेको थियो । पोखरेल २०४९ चैतमा प्रहरी निरीक्षक पदमा भर्ना भएका हुन ।

प्रकाशित मिति : २०७७ मङ्सिर २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्