२०८२ बैशाख १० गते मङ्गलवार

दाङमा यस वर्ष मानवअधिकार उल्लङघन घटनामा झनै वृद्धि



२५ मंसिर । महामारीमा मानव अधिकार:स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार भन्ने राष्ट्रिय नाराका साथ दाङमा आज ७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ ।

मानव अधिकार संजाल दाङ, ओरेक दाङ, महिला मानव अधिकार रक्षक संजाल दाङ, मानव अधिकार एलान्स दाङ, ग्रामिन उत्थान केन्द्र दाङको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा ईन्सेक प्रतिनिधि जे.एन. सागरले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ दाङको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । दाङमा २०२० मा अभिलेख गरिएको घटना विवरण अनुसार ५७ बलात्कार, २६ बलात्कार प्रयास, ७ यौन दुव्र्यवहार, ५० कुटपिट, ८ कथित बोक्सी अरोप, १३ अपहेलना, १८ गैरकानुनी हिरासत, १ यातना, १४ दुव्र्यवहार, १ घर निकाला,३ बहुबिबाह, १ जातिय भेदभाव, १ फिरौतीका घटना भएका छन् ।

यसैगरी ४ तालाबन्दी, २ अत्या, १ हत्याप्रयास, ३ बालविबाह, १ वेवारिसे शव, २ बन्द हड्ताल, २ आत्महत्या दुरुत्साहान, २ धम्की, ९ सम्पति आगजनी, २ अखाद्य बस्तु विक्री र ३ अन्य गरि जम्मा २ सय ३१ वटा घटना भएका छन ।

मानव अधिकार संजाल दाङका संयोजक केसब कुमार शर्माको अध्यक्षता तथा प्रदेश सभा सदस्य अम्मर बहादुर डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजिकरण ईन्सेकका सहजकर्ता विनोद के.सीले गर्नुभएको थियो

प्रकाशित मिति : २०७७ मङ्सिर २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्