२५ मंसिर ।
दाङमा कारोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३७ पुगेको छ । आज बबई गाउँपालिका वडा नम्बर ४ का ७२ वर्षिय महिलाको मृत्यू भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या दाङमा ३७ पुगेको हो ।
कोरोना विषेश अस्पताल बेलझुण्डीमा उपचारको क्रममा आज बिहान साढे ७ बजे ति महिलाको मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभएको छ ।मंसिर १९ गते देखि अस्पतालको आइसियुमा उपचारारत महिलामा दम, उच्च रक्तचाप , सगुर, निमोनियको पनि समस्या भएको उहाँले बताउनुभयो । यस संगै कोरोना विषेश अस्पतालमा बेलझुण्डीमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।।
प्रकाशित मिति : २०७७ मङ्सिर २५ गते बिहिवार