२५ मंसिर । दाङमा आज एकै दिन तिन वटा पक्कि पुलको शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्रि शंखर पोखरेलले घोराही, तुलसीपुर र देउखुरीमा एक/एक गरी आज एकै दिन तिन वटा पक्कि पुलको शिलान्यास गर्नु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नंम्वर १० राइखलियान र तुलसीपुर ८ टिकरी जोड्ने पातुखोला पुलको सिलान्यास मुख्यमन्त्री पोखरेलले गर्नु भएको हो । उक्त पुलको लुम्बिनी प्रदेश सरकारको ८ करोड ३१ लाख ६४ हजार दुईसय २५ रुपैया आर्थिक सहयोगमा निर्माण गर्न लागिएको हो ।
यस्तै यता घोराही उपमहानगरपालिका वडा नंम्वर १८ मसिनदेखी सैघा, मर्वेस र बंगलाचुली जोड्ने कटुवा खोला पुलको शिलान्यास पनि मुख्यमन्त्रि शंखर पोखरेलले गर्नु भएको छ ।
उक्त पुलको निर्माण सम्भौता २०७९ भदौ २० गने सक्ने गरी ३ करोड ८२ लाख ३२ हजार १ सय ८७ रुपैया ४३ पैसामा भएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको यो पुलको जय बुद्ध निर्माण सेवा प्राली काठमाण्डुले पाएको छ ।
यस्तै उता देउखुरीको राप्ति गाउँपालिका वडा नंम्वर ४ देखी ८ जोड्ने टोलही खोलामा पनि मुख्यमन्त्रि पोखरेलले पुलको शिलान्यास गर्नु भएको छ । प्रदेश सरकारको ५ करोड २० लाख ६ हजार ८ सय ७९ रुपैयाको लगानीमा निर्माण हुन लागेको पुलको जिम्मा जय बुद्ध जेवि काठमाण्डुले पाएको छ ।
मुख्यमन्त्री पोखरेलले पुल निर्माण नागरिक सहजतासँगै भौतिक विकासको आधार भएका बताउनु भयो । बर्खाको समयमा खोलानालाका कारणले नागरिकले पाएको सास्ति पुल निर्माणले अव अन्त्य हुने उहाँले बताउनु भयो
।
पुल नहुदा खोलाका कारणले उत्पादनलाई बजारसँग जोड्न हुने गरेको समस्या पनि यसले अन्त्य गर्ने उत्पादनलाई बजारसँग जोड्न सहज हुने धारणा उहाँले ब्यक्त गर्नु भयो । साथै उहाँले निर्माणको जिम्मा पाएको कम्पनीले पनि समयमै काम पुरा गर्नुपर्ने बताउनु भयो ।
भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको अध्यक्षतमा गरिएको पुल शिलान्यास कार्यक्रममा राष्ट्रिय सभा सदस्य कोमल ओली, प्रदेश सभा सदस्य डिल्ली चौधरी लगाएतले बोल्नु भएको थियो ।।