२०८१ माघ १२ गते शनिवार

स्वतन्त्र युवा क्लब द्धारा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग



२४ कात्तिक,घोराही –
स्वतन्त्र युवा क्लबले देउसी भैलो खेलेर जम्मा गरेको पैसा मानवसेवा आश्रमलाई सहयोग गरेको छ । देउसी भौलो खेलेर बनभोज जाने तथा अन्य घुमफिरमा जाने प्रचलन वढिरहेका बेला तुलसीपुर ६ राजापुरमा रहेको उक्त क्लबले उदाहरणीय काम गरेको हो ।

क्लबले आज एक कार्यक्रमको आयोजना गरि यो सालको तिहारमा भैलो खेलेर जम्मा भएको पैसाबाट ३० प्रतिशत रकमको खाद्यान्न तुलसीपुर ६ गाईडहरमा रहेको मानवसेवा आश्रममा सहयोग गरेको क्लबका अध्यक्ष सन्दिप गौतमले जानकारी दिनुभयो ।

सहयोग सामाग्री ग्रहण गर्दै आश्रमका जिल्ला संयोजक उर्विन सापकोटाले सेवा भावले अघि बढेको क्लबको उज्वल भविष्यको कामना गर्दै सहयोगका लागि धन्यवाद दिनुभयो । कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष रजकुमार महतरा, उपाध्यक्ष मेघराज डिसि, सह–सचिव अभिनाश ज्ञवाली, सदस्य खेमराज न्युपाने, गनेश भन्डारी, सीता भन्डारी, बिजय बुढाथोकी लगाएतका युवाहरुको सहभागीता रहेको थियो ।

उक्त क्लवले यसभन्दा अगाडि पनि विभिन्न संघसंस्था एवं बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा अशक्त सडक आश्रित मानवहरुलाई सहयोग गर्दै आएको छ ।।

प्रकाशित मिति : २०७८ कार्तिक २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्