२०८१ माघ ४ गते शुक्रवार

शुसासन र विकास निर्माणका कार्यलाइ प्राथमिक्ता: प्रजिअ रेग्मी



२४ कार्तिक, दाङ –
दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शान्ति सुरक्षा, शुसासन र विकास निर्माणका कार्यलाइ प्राथमिक्ता दिने बताउनुुभएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी संग आयोजना गरेको परिचयात्मक कार्यक्रममा उहाँले यस्तो बताउनुुभएको हो ।

जिल्लामा शुसासन तथा विकास निर्माणका कार्यलाई आफनो तर्फ बाट हुने प्रयास गर्ने बताउनुुभयो । आफुले मात्र एकलै गरेर नहुने भन्दै यसमा सबैले सहयोग गर्ने समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा संघका पुर्व अध्यक्ष मधुसुदन वैद्यले जिल्लामा रहेका विकास निर्माणका कार्यहरुलाई समयमै सम्पन्न गर्ने तथा बिकृती विसङगती हटाउन लागि भुमिका खेल्न आग्रह गर्नुभयो ।

कार्यक्रम संघका अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षतामा भएको थियो । संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्की स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा सहभागिलाई धन्वाद ज्ञापन सचिव नरेशकुमार श्रेष्ठले गर्नुभएको थियो भने सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७८ कार्तिक २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्