२०८१ मङ्सिर २५ गते मङ्गलवार

दाङ क्षेत्र नम्बर ३ बाट संघीय महाधिवेशन प्रतिनिधिमा रिजालको उम्मेद्धारी



१४ कात्तिक,दाङ –
नेपाली काग्रेसको १४ औं महाधिवेशन प्रतिनिधिमा युवा नेता बिमल रिजालले उम्मेद्धारी घोषणा गरेका छन् । मंगलबार पार्टीका विभिन्न चुनावी सभाहरुलाई सम्बोधन गर्दै रिजालले निजिक्षेत्रको प्रतिनिधित्व गरेर दाङ क्षेत्र नम्बर ३ बाट संघीय महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी घोषणा गरेको जिकिर गरेका हुन्।

रिजाल तुलसीपुर उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष समेत भएर काम गरी सकेको र विभिन्न सामाजिक क्षेत्रमा पनि सक्रिय रहदै आएका अभियान्ता रिजालले उम्मेदवारी घोषणाको क्रममा टिम मिलाउने र सर्बसम्मत उम्मेदवारी चयन गर्ने वातावरण सृजना भएमा आफु सहमतिको बाधक नबन्ने समेत बताएका छन् । ‘उनले भने, पार्टीमा युवा देखि पाका नेतृत्वको आवश्यकता छ, त्यसैले पार्टीलाई सुदृढ र शसक्त बनाउन सबैलाई समेटेर अगाडि बढ्नुपर्ने बेला आएको छ ।’

मसिर ३ गते प्रदेश सभा, ६ गते संघिय निर्वाचन क्षेत्र अधिवेशन, १० गते जिल्ला अधिवेशनको मिति तय गरिएको छ । त्यस्तै १६ र १७ गते सातवटै प्रदेशमा प्रदेश अधिवेशन हुदैछ ।।

 

प्रकाशित मिति : २०७८ कार्तिक २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्