२०८१ मङ्सिर २४ गते सोमवार

लुम्बिनीः राजधानीको गुरुयोजना बनाउन जुटे परामर्शदाता



२४ कार्तिक,घोराही –
लुम्बिनी प्रदेश सरकारले राजधानीको गुरुयोजना निर्माणमा विदेशी परामर्शदाताको सहयोग लिएको छ । स्पेनका विदेशी परामर्शदाताको सहयोगमा राजधानीको गुरुयोजना निर्माणको काम भइरहेको हो । लुम्बिनी प्रदेश राजधानीको गुरुयोजना निर्माणको काम आधा सकिएको छ ।

स्वदेशी र विदेशी परामर्शदाताले गुरुयोजना निर्माणको काम जारी राखेका छन् । स्पेनका विदेशी परामर्शदाता लुम्बिनी प्रदेशको राजधानीको गुरुयोजना बनाउन जनस्तरमा पुगेर सुझाव संकलन गर्ने र अनुभव आदान–प्रदान गर्ने काममा जुटेका हुन् । विदेशी परामर्शदाताको सहभागीतामा गुरुयोजना तयार पार्न तेस्रो चरणको सुझाव संकलन गरिएको छ ।

स्थानीय तहका जनप्रतिनिधि, निजी क्षेत्रका अगुवाहरुसँग गुरुयोजना तयार भइरहेको बारेमा सुझाव संकलन गरिएको हो । यता गत वैशाखबाट गुरुयोजना निर्माणको काम सुरु गरेको र अहिलेसम्म आधा काम सकिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले जानकारी दिनुभएको छ ।। देशसञ्चारबाट

प्रकाशित मिति : २०७८ कार्तिक २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्