२०८१ चैत्र ११ गते सोमवार

दाङमा ट्रकको ठक्करबाट तीन जनाको घटनास्थलमै मृत्यु



२५ कार्तिक । ट्रकले ठक्कर दिदा दाङमा तिनजना पुरूषको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरिघाट स्थित पश्चिमबाट पूर्व तर्फ जादै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले पूर्वबाट पश्चिम तर्फ जादै गरेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार तिनजनाको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मृतक तिनजनाको नाम, ठेगाना भने खुल्न नसकेको जिल्ला प्रहरि कार्यालय दाङका प्रबक्ता डिएसपि सुमित खड्काले जानकारी दिए । खड्काले मृत्युु हुनेमा अन्दाजी २५ देखि ३० बर्ष उमेरका रहेको बताए । शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ । मृतक तिनजनाको टाउको बिचबाट चिरा परेको र खुट्टा चुडिएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्