२५ कार्तिक । डिभिजन वन कार्यालय देउखुरी दाङबाट वन्यजन्तु सहित दुई व्यक्ति पक्राउ गरेको छ । डिभिजन वन कार्यालय देउखुरीका प्रमुख बेसिन्द्रराज सुबेदीले वन्यजन्तु ओसारपसार गरेका दुईजना व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिनुभएको छ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक स्थित पूर्वपश्चिम राजमार्गबाट लु १ च ९९९४ नम्बरको पिकअप गाडीमा बन्यजन्तु राखेर लैजादै गर्दा प्रक्राउ गरिएको बताईएको छ ।
प्रक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर ८ निवासी ठगेन्द्रबहादुर डाँगि र चालक कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ५ निवासी दलबहादुर सारू रहेको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख सुबेदीले बताउनुभयो । जिपको पछाडि अन्दाजी पैतिस किलोका दुईवटा जंगली बँदेल बोरामा राखेर लैजादै गर्दा पक्राउ गरेको उहाँको भनाई छ । बरामद गरिएको दुईवटा जंगली बँदेल बाँके राष्ट्रिय निकुञ्जमा छाड्ने तयारी भइरहेको छ । पक्राउ परेका जिप सहित दुई जनालाई आवश्यक कार्वाहीको लागि डिभिजन वन कार्यालय देउखुरीको हिरासत घोराहीमा राखिएको छ । पक्राउ गरेका व्यक्ति माथि थप अनुसन्धान भैरहेको डिभिजन वन कार्यालय देउखुरीले जनाएको छ ।।