२०८२ बैशाख ९ गते सोमवार

दाङका एक जना कोरोना संक्रमितको मृत्य



२५ कार्तिक । दाङका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १५ का ६४ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको छ । हिजो बिहान अस्पताल भर्ना भएको उहाँको गएराति साढे ९ बजे मृत्यु भएको हो । उहाँको कोरोना परीक्षण रिपोर्ट भने राति १० बजे आएको अस्पतालले जनाएको छ । यो सँगै दाङमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । यसैविच बर्दियाका दुई जना कोरोना संक्रमितको पनि मृत्युभएको छ । ठाकुरद्वारा नगरपालिका–२ का २९ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो । यस्तै बर्दियाकै बाँसगढी नगरपालिका ८ का ३५ वर्षीय पुरुषको वेस्टर्न अस्पताल नेपालगन्जमा मृत्यु भएको छ । बाँकेका अस्पतालहरुमा बाहिर जिल्लाबाट उपचारका लागि आएका कोरोना संक्रमितको मृत्यु हुने संख्या ३२ पुगेको कोरोना संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्