२५ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित ५ नेता सम्मिलित सचिवालयको अनौपचारिक बैठक सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बैठक सुरु भएको हो ।
बैठकअघि अध्यक्ष ओलीलाई भेट्न अध्यक्ष दाहाल बालुवाटार पुग्नुभएको थियो ।
यसअघि कार्तिक २२ गते अध्यक्ष दाहालसहित सचिवालयका पाँच सदस्यले तत्काल बैठक बोलाउन आग्रह गर्दै प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीलाई सचिवालयको बैठक तत्काल बोलाउन लिखित आग्रह गरेका थिए ।
प्रकाशित मिति : २०७७ कार्तिक २५ गते मङ्गलवार