२०८१ माघ १२ गते शनिवार

‘अल्पाईन टिकटक प्रतियोगिता २०७८’ को विजेता भट्टराई



२४ असोज, घोराही–
दाङको घोराहीमा रहेको अल्पाईन कम्प्युटर एण्ड् टेक्निकल सर्भिसले आयोजना गरेको ‘अल्पाईन टिकटक प्रतियोगिता २०७८’ को उपाधी संजिता भट्टराईले जित्नुुभएको छ । आज घोराहीमा एक औपचारिक कार्यक्रमको आयोजना गरि घोराहीकी विजेता भट्टराईलाई ५० हजार संगै प्रमाणपत्र प्रदान गरिएको हो ।

त्यस्तै घोराहीकी बिन्दुु थापा उपविजेता बन्नुुभएको छ । उहाँले नगद २५ हजार तथा प्रमाणपत्र प्राप्त गर्नुुभएको छ । पछिल्लो समय युुवापुस्ता माझ निकै लोकप्रिय बनेको टिकटकको प्रयोग गरि बनाईएका भिडियोको आधारमा नतिजा सार्वजनिक गरिएको थियो ।

प्रतियोगिता गत साउन ३१ गतेबाट सुरु भएको थियो । अडिसन राउण्डमा २५० प्रतिस्प्रधिको सहभागिता रहेको थियो । दोस्रो चरणमा सहभागि मध्यबाट उत्कृष्ठ १६  छनोट गरिएको थियो । त्यस्तै तेस्रो चरणमा उत्कृष्ठ ५ बाट विजेता र उपविजेता घोषणा गरिएको हो । उत्कृष्ठ ५ मा अन्सुुल डाँगी, शुनिता विष्ट, अरुना भट्टराई,संजिता भट्टराई र बिन्दुु थापा रहेका थिए ।

प्रतियोगिताको निर्णायकको रुपमा अखिल क्रान्तिकारी घोराही नगरका अध्यक्ष गिर बहादुुर महरा, कम्प्युटर एसोसियन अफ नेपाल दाङका सदस्य शनि खनाल, सल्यान कला साहित्य परिषदका अध्यक्ष भरत रोकाय ‘एक्सन’ र सर्बप्रिय मिडिया हाउस प्रा.लि घोराहीका अध्यक्ष हेमराज परिवर्तन रहनुुभएको थियो । प्रतियोगितका संयोजक गणेश ओलीको अध्यक्षता एवं सर्रा युुथ क्लबका सचिव विशाल पोखरेलको प्रमुुख आतिथ्यतामा भएको कार्यक्रमको सहजिकरण सदस्य विपिन आचार्यले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७८ असोज २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस्