२५ भदौ,घोराही – तुलसीपुर उपमहानगरपालिकाले घरपालुवा तथा छाडा छोडिएका कुकुरहरुलाई ‘एन्टी रेविज खोप’ लगाउन आग्रह गरेको छ । तुलसीपुर क्षेत्रमा विगत केहीदिनदेखि सर्वसाधारण तथा गाईवस्तुलाई बौलाहाकुकुरहरुले टोकेको भन्दै ‘एन्टी रेविज खोप’ लगाउने व्यवस्था मिलाएको उपमहानगरपालिकाले जनाएको छ ।
साथै उपमहानगरपालिकाले ‘एन्टी रेविज खोप’ का लागि उपमहानगरपालिकाको पशु सेवा शाखा तथा सम्बन्धीत वडा कार्यालयमा सम्पर्क गर्न नगरवासीलाई अनुरोध गरेको छ ।।
प्रकाशित मिति : २०७८ भाद्र २५ गते शुक्रवार