२०८१ चैत्र १३ गते बुधवार

आज दाङका थप ३ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु



२५ दाङ,घोराही –
दाङमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि हुदा ६ जना कोरोना मुक्त भएका छन् । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १७ जनाको पिसिआर परिक्षण गर्दा घोराहीका २ पुरुष र एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैविच आज कोरोना मुक्त हुनेमा तुलसीपुरका ३, घोराही २ र बबईका १ जना रहेका छन् । दाङमा अहिले कोरोनाका सकृय बिरामीको संख्या ५८ रहेका छ ।

ति मध्य ४८ जना घरमा, ५ जना कोरोना विषेश अस्पताल बेलझुण्डिको आईसियूमा र ५ जना राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अक्सिजन सहितको उपचारमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

यसैविच आज दाङमा थप एक जना कोरोना संक्रमितको मृत्युभएको छ । घोराही उपमहानगरपालिका ५ का ७० बर्षिय पुरुषको आज राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्युभएको हो ।

यो सँगै बैशाख यता दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १३ पुगेको छ । साथै बैशाख यता दाङमा ८ हजार ९ सय ६६ जना संक्रमित भएका छन् भने ८ हजार ६ सय ९४ जना निको भएका छन् ।।

प्रकाशित मिति : २०७८ भाद्र २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्