२०८१ असार ३१ गते आइतवार

लुम्बिनी प्रदेशको वित्तीय प्रगति विगतको तुलनामा कमजोर



२६ असार, दाङ – लुम्बिनी प्रदेश सरकार वित्तीय प्रगतिमा विगतका वर्षको तुलनामा कमजोर देखिएको छ ।चालु आर्थिक वर्ष २०८०÷०८१ मा विनियोजन बजेटमध्ये जम्मा ६६ दशमलव १४ प्रतिशत मात्रै खर्च भएको छ । गत वर्षको तुलनामा पाँच प्रतिशत बजेट कम खर्च भएको प्रदेश लेखा नियन्त्रक दीपक ज्ञवालीले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको लागि सरकारले ४० अर्ब ४७ करोड ९७ लाख बजेट विनियोजन गरेको थियो तर असार महिनाको अन्तिमसम्म जम्मा २६ अर्ब ७७ करोड ३५ लाख रुपैयाँ खर्च भएको छ । १३ अर्ब ७० करोड ५८ लाख बजेट खर्च हुन सकेन ।

प्रदेश सरकारले जेठ र असार दुई महिनामा मात्रै १० अर्ब ४८ करोड ७१ लख बजेट खर्च गरेको देखिएको छ । असार महिनाको २४ गतेसम्म प्रदेश सरकारले सात अर्ब ६४ करोड ३६ लाख र अघिल्लो जेठ महिनामा दुई अर्ब ८४ करोड ३५ लाख बजेट खर्च गरेको हो ।।

प्रकाशित मिति : २०८१ असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस्