२०८१ साउन ५ गते शनिवार

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो जसपा



२६ असार, दाङ–लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन्। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का नेतासमेत रहेका मन्त्री अहिरले बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा समक्ष राजीनामा बुझाएका हुन्।

जसपाले कांग्रेस–एमाले गठबन्धनको साथमा रहेको कारण माओवादी नेतृत्वको सो सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएको सो पार्टीमा महासचिव इस्तियाक राईले बताए। राईले यो सँगै कृषि मन्त्रीबाट चौथोपटक राजीनामा बुझाएका हुन्।

अहिले केन्द्रको निर्देशन अनुसार आफूले मन्त्री पदबाट राजीनामा दिएको बताए। पछिल्लो प्रदेश सभामा बाँकेबाट निर्वाचित अहिर जसपा संसदीय दलको नेता हुन्। प्रदेशसभाको दोस्रो कार्यकालमा बनेका तीन वटै सरकारमा उनी मन्त्री बनेका थिए।

जसपामा विवाद हुँदा उनले राजीनामा दिएका थिए। अब बन्ने गठबन्धनमा पनि उनको दल सरकारमा सहभागी हुने जनाइएको छ। अब भने उनले रोजेको मन्त्रालय पाउँछन् वा पाउदैनन् भन्ने निधो छैन। मुख्यमन्त्री महरालाई दिएको समर्थन सत्तारुढ दल एमालेले पनि फिर्ता लिएपछि महरा अल्पमतमा छन्।

प्रकाशित मिति : २०८१ असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस्