२०८१ असार २ गते शनिवार

घोराही खानेपानी चुनावः गठबन्धन तर्फका सबै महिला सदस्य विजयी



२६ असार, घोराही – घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको महिला सदस्यमा गठबन्धन प्यानलका सबै महिला सदस्य विजयी भएका छन् । गठबन्धन प्यानलबाट महिला सदस्यमा उम्मेदवार बन्नुभएका खुमा खड्का २ हजार १ सय ६७, विन्दु पाण्डे १ हजार ८ सय ७० र यशोदा देवी पाण्डेले १ हजार ६ सय ६८ मत ल्याउँदै विजयी हुनुभएको हो ।

उहाँका निकटमत प्रतिष्पर्धीहरु संयुक्त प्यानलका ज्योति रोका मगरले १ हजार ६६, देवकला पाण्डेले १ हजार १ सय ४३ र लक्ष्मी अधिकारीले १ हजार २ सय ६० मत पाउँदै पराजित हुनुभएको छ ।

घोराही खानेपानी संस्थाको हिजो भएको निर्वाचनको अरु पदको मत गणना अहिले पनि जारी छ । हालसम्म आगामी कार्यकालका लागि वर्तमान अध्यक्ष देविबहादुर डिसीको समुहले नै अग्रता कायम राखेको छ । अहिलेसम्म २ हजार ३ सय ७० मतगणना भई सक्दा गठबन्धन प्यानलले नै अग्रता कायम राखेको छ ।

निर्वाचन अधिकृत दीपक कुमार रेग्मीका अनुसार अध्यक्ष पदका लागि डिसीले १ हजार ५ सय ३८ मत प्राप्त गरि अग्रता कायम राख्नुभएको छ भने उहाँका प्रतिष्पर्धी नारायणप्रसाद भुसालले ७ सय २५ मत प्राप्त गर्नुभएको हो ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा भरतमणि पाण्डेले १ हजार २ सय ४८ नरबहादुर बुढाथोकीले ८ सय ७० मत प्राप्त गर्नुभएको छ । यस्तै महिला उपाध्यक्षमा हेमन्ती पुन मगरले १ हजार १ सय ३८ मत पाउँदा लक्ष्मीदेवी सिंह ठकुरीले ९ सय २३ मत प्राप्त गर्नुभएकोे छ ।

यस्तै सचिव पदका लागि धर्मेन्द्र श्रेष्ठले १ हजार २ सय १३ मत प्राप्त गर्नुभएको छ भने दिपक कुमार श्रेष्ठले ८ सय ६७ मत ल्याउनुभएको छ । यसैगरी कोषाध्यक्ष पदका लागि धुव्र केसीले १ हजार ४ सय ५८ मत पाउँदा सानुनारायण अधिकारीले ५ सय ८६ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । अन्य पदमा पनि गठबन्धनका सदस्यहरुको अग्रता कायमै रहेको छ ।

संस्थामा ७ हजार १ सय २३ जना मतदाता रहेकोमा ३ हजार ५ सय ६१ मत खसेको थियो । करीव ५० प्रतिशत मात्रै खसेको मतगणना गएराति १० बजेबाट शुरु भएको थियो । संस्थाले घोराही उपमहानगरपालिकाको वडा नम्बर १४, १५, १६, १७ र १८ खानेपानी वितरण गर्दै आएको छ ।।

प्रकाशित मिति : २०७९ असार २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्