२०८१ जेष्ठ ३० गते बुधवार

बाढी, पहिरो र डुबानको बारे बुझ्न ११५५ मा फोन गर्न सकिने



२६ असार,घोराही – पछिल्लो समय बाढी, पहिरो र डुबानको बारेमा चासो लिएर फोन गर्नेहरुको सङ्ख्या बढ्दै गएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाको पैसा नलाग्ने फोन नम्बर ११ ५५ मा फोन गरेर सम्भावित बाढी, पहिरो र डुबानको बारेमा जानकारी लिनेहरूको सङ्ख्या बढेको हो ।

महाशाखाका अनुसार २४ सै घण्टा फोन गर्न सकिने यो नम्बरमा दैनिक कम्तिमा ५० देखि ५ सय जनासम्मले आफ्नो गाउँ ठाउँमा बाढी र पहिरोको जोखिम रहे नरहेको जानकारी लिने गरेका हाइड्रोलोजिस्ट जीन्की भूषालले बताउनुभयो ।

महाशाखाले देशभर रहेका २२७ केन्द्रबाट वर्षा मापन र १०६ केन्द्रबाट बाढीको मापन गर्ने गरेको छ । ति केन्द्रबाट आएको सूचनाका आधारमा कामका खटिएका हाइड्रोलोजिस्टहरूले देशभरिको पानीको अवस्था निगरानी गरेरजोखिम क्षेत्रमा रहेकाहरूको मोबाइलमा सन्देश प्रवाह गर्ने गरेका छन् । महाशाखाले यो वर्ष मनसुन सुरु भएयताको एक महिनामा मात्रै २१ लाख ३९ हजार सन्देश प्रवाह गरिसकेको छ ।।

 

प्रकाशित मिति : २०७९ असार २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्