२६ असार, घोराही –
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले सबै नागरिक समान भएको बताउनुभएको छ । राष्ट्रिय दलित पत्रकार संघ दाङ शाखाले आज तुलसीपुरमा आयोजना गरेका कार्यक्रमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । आयोगका अध्यक्ष विश्वकर्माले समाजमा हुने सवै खालका विभेदलाई सविधानले बर्जित र कानुनले दण्डनिय गरेको हुँदा कोहि पनि विभेद र अन्याय सहेर बस्नु भनेको अपराध भएको बताउनुभयो ।
विगतमा जस्ता जातिय विभेद, अन्याय र अत्याचार सहेर बस्ने अवस्था नभएको बताउदै उँहाले जसले समाजमा क्रुर प्रकारका अभिव्यक्ति, र व्यवहार गर्छ भने त्यस्ता व्यक्तिलाई ढिलोचाडो कारवाही हुने बताउनुभएको छ ।
राज्यले कसैलाई पनि विभेद नगरेको र सबैलाई समान दृष्टिकोणले हेरेको उँहाले बताउनुभयो । साथै आयोगले विभिन्न संयन्त्रहरु संग समन्वय र सहकार्य गरी जातिय विभेद विरुद्धका जनचेतनामुलक अभियान संचालन गर्ने बताउनुभएको छ ।।