२०८१ माघ २६ गते शनिवार

अमेरिका हिँडेका घोराही,तुलसीपुर र हापुरेका ३ जना सहित ७ नेपाली बेपत्ता



२६ असार,घोराही – अमेरिका हिँडेका नेपाली चढेको डुंगा क्यारेबियन सागरमा दुर्घटना हुँदा दाङका ३ जना सहित ७ जना नेपाली बेपत्ता भएका छन् । बिना भिसा गैरकानूनी रूपमा मेक्सिको सिमाक्षेत्रबाट अमेरिका हिँडेका नेपाली र विदेशीहरु सवार डुंगा गएको असार ५ गते नै कोलम्बियाको समुन्द्रमा दुर्घटना भएपनि अहिलेमात्र सार्वजनिक भएको हो ।

डुंगामा ८ जना नेपाली र अन्य विदेशी नागरिक गरेर १८ जना युवा रहेका थिए । जसमध्ये एक नेपाली र केही विदेशीको उद्धार भएको छ । तर, अझै सात नेपाली भने समुन्द्रमा बेपत्ता छन् ।

डुंगा दुर्घटनामा परि दाङ घोराहीका एन्जल बुढामगर, तुल्सीपुरका हेमराज अधिकारी, हापुरेका रेशम डिंगामगर, पर्वत कुश्माका दिनेश गौतम, पर्वतको ग्यादीका राजु गुरुङसहित सात नेपाली युवा बेपत्ता भएका हुन् । सँगै बेपत्ता भएका अन्य तीनजना नेपाली युवाको भने नाम–ठेगाना खुलेको छैन् ।।

प्रकाशित मिति : २०७८ असार २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्