२६ असार,घोराही – दाङमा अटोमा छुटेको झोला प्रहरी कार्यालयमा बुझाउने अटो चालकलाई सम्मान गरिएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्वर ७ बस्ने ३० बर्षिया मतिकला बुढाको हिजो (शुक्रबार) घोराही १३ बसपार्क देखी तुलसीपुरचोक सम्म जादै गर्दा रा १ ह २१५३ नम्वरको अटोमा छुटेको झोला अटो चालकले प्रहरी कार्यालयमा बुझाएको भन्दै सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिनुभयो ।
झोला भित्र ३७ हजार नगद सहित एक तोला सुन रहेको थियो । उक्त झोला प्रहरी कार्यालयमा बुझाउने अटो चालक घोराही १३ बस्ने २९ बर्षिय रामप्रसाद झाँक्रिमगरलाई सम्मान गरिएको हो ।।