२०८१ जेष्ठ ५ गते शनिवार

ब्राउन सुगर सहित घोराहीका दुई जना पक्राउ



२६ असार,घोराही – दाङको घोराहीमा ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका १५ बस्ने २९ बर्षिय राकेस बस्नेत र सोहि ठाउँका २७ बर्षिय अंकित रावत रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता मुकुन्द रिजालले जानकारी दिनुभयो ।

पक्राउ परेका बस्नेतको घरमा लागु औषध ब्राउन सुगर कारोवार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनी सुत्ने कोठाबाट दुई ग्राम १७० मिलिग्राम ब्राउन सुगर र नगद ९ हजार आठ सय रुपैया बरामद गरेको हो । पक्राउ परेकाहरु माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ असार २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्