२०८१ असार २ गते शनिवार

विव्यस अध्यक्ष र शिक्षक अभिभाबक संघका अध्यक्षहरुलाई क्षमता विकास तालिम



२८ जेठ, घोराही- घोराही उपमहानगरपालिकाले सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभाबक संघका अध्यक्षहरुलाई क्षमता विकास सम्बन्धी तालिम लिएको छ । ९३ वटा सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभाबक संघका अध्यक्षहरुलाई विद्यालयको शैक्षिक गुणस्तर र विकासका लागि अध्यक्षहरुको भूमिका तथा समन्वयका विषयमा प्रशिक्षण गरिएको हो ।

तालिमको समापन गर्दै नगर प्रमुख नरुलाल चौधरीले शिक्षण सिकाई र शैक्षिक गुणस्तर अभिबृद्धीका लागि व्यवस्थापन समिति र शिक्षक अभिभाबक सघको भूमिका अहम भए पनि व्यवहारत प्रभावकारी नदेखिएको भन्दै भूमिका खोजेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी, सामाजिक विकास समितिका संयोजक एवं प्रवक्ता राममणि पाण्डेयले शैक्षिक गुणस्तर अभिबृद्धी गर्न अभिभाबकहरु पनि जिम्मेवार हुनुपर्ने बताउनुभयो । कार्यक्रमको सहजिकरण पाँचौ सहायक विपना बर्तौलाले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्