२८ जेठ, काठमाडौं- साइबर अपराधको कसूरमा पक्राउ परेकी शोभा पाठकविरुद्ध ५ दिनको म्याद थप भएको छ ।काठमाडौं जिल्ला अदालतबाट ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको प्रहरीको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले बताए ।
एक महिलाको चरित्र हत्या गरेको आरोपमा पाठकविरुद्ध उजुरी परेको थियो । सो क्रममा पुल्चोकबाट साइबर ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको थियो ।
विद्युतीय माध्यमको प्रयोग गरी चरित्र हत्या गरेको पाइएपछि पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । पाठकले यसअघि नेपाल एमालेका नेता महेश बस्नेतले आफूमाथि बलात्कार गरेको भन्दै हुलाकमार्फत जाहेरी दर्ता गराएकी थिइन् ।
जाहेरी अनुसार प्रमाण नभएको भन्दै उक्त उजुरी तामेलीमा राखिएको थियो । त्यसैगरी आफूलाई अभियन्ता दाबी गर्ने तारा बराल पनि एक सातादेखि साइबर ब्यूरोको हिरासतमा छिन् । उनले पनि एक महिलाको चरित्र हत्या गरेको आरोप लागेको छ ।