२०८२ बैशाख १८ गते बुधवार

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीहरूले लिए शपथ



२८ जेठ, धनगढी- सुदूरपश्चिमका नवनियुक्त मन्त्रीहरूले पद तथा गाेपनीयताको शपथ लिएका छन्। साेमबार साँझ ६ बजेतिर प्रदेश प्रमुखकाे कार्यालयमा प्रदेश प्रमुख नाजिर मियाँले सामाजिक विकास मन्त्री ओमविक्रम भाट सरल, बिना विभागीय मन्त्रीहरू अक्कल रावल र लक्ष्मी विकलाई पद तथा गाेपनीयताकाे शपथ गराएका हुन्।

यस्तै, नेकपा एमालेबाट आर्थिक मामिला मन्त्री बनेका सुरेन्द्र पाल, बिना विभागीय मन्त्री बनेका वीरबहादुर थापा र हिरा सार्कीकाे पनि प्रदेश प्रमुख मियाँबाट पद तथा शपथ ग्रहण भएको छ।

यस्तै, बिना विभागीय मन्त्री बनेका एकीकृत समाजवादी पार्टीकी माया पन्तकाे पनि पद तथा शपथ ग्रहण भएको हाे।उद्योग, वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका ताराप्रसाद जाेशीले पद तथा गाेपनीयताकाे शपथ लिन अस्वीकार गरेका छन्। उनले चित्त बुझ्दाे मन्त्रालय नपाएको भन्दै शपथ लिन अस्वीकार गरेकाे बताइएको छ।

८ जनालाई साेमबार नै मुख्यमन्त्री दीर्घ साेडारी मन्त्रीमा नियुक्त गरेका थिए। यसअघि सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्तिबाट भाैतिक पूर्वाधार मन्त्री कैलाश चाैधरी र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छन्। ७ मन्त्रालयमध्ये आन्तरिक मामिला तथा कानून र उद्योग, वन तथा पर्यटन मन्त्री भने ताेकिएका छैनन्। याेसँगै सुदूरपश्चिममा १० सदस्यीय मन्त्रिमण्डल विस्तार भएको छ।

प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्