२०८१ असार २ गते शनिवार

सन्दीप विश्वकप खेल्न वेष्ट इन्डिजमा



२८ जेठ, काठमाडौँ – क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकप क्रिकेट खेल्न वेष्ट इन्डिज पुगेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफू वेस्ट इन्डिज पुगेको जानकारी दिएका हुन् ।

उनले वेष्ट इन्डिजमा उत्रिएको तस्बिरसँगै सन्देशसमेत लेखेका छन् । सो सन्देशमा उनले अमेरिकी भिसाका लागि प्रयास गर्ने सबैमा धन्यवाद दिँदै अमेरिकाको भिसा नलागे पनि वेष्ट इन्डिजमा हुने दुई खेल खेल्नका लागि आफू वेष्ट इन्डिज आइपुगेको बताएका छन् ।

उनले वेष्ट इन्डिज यात्राका लागि क्यान अध्यक्ष र सचिवको नामै तोकेर धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्