२०८१ असार २ गते शनिवार

सागर भण्डारी अभिनित ‘मनमा पिर’ गित युटुब ट्रेन्डिङ्गमा



२७ जेठ, दाङ – वैदेशिक रोजगारीमा गएका श्रीमान घर फर्किदा श्रीमती घर छाडेर अनेत्र विवाह गरेर गएको सामाजिक बिषयवस्तुलाई आधार मानेर ‘मनमा पिर’ बोलको गित बनाईएको छ । जुन विषय र कथाले दर्शक तथा स्रोताको मन तानेको छ । गितमा श्रीमान विदेश गएपछि श्रीमती परपुरुषसँग लाग्छन भन्ने नभई घरपरिवारको अपहेलनाका कारण घर छाड्न बाध्य हुन्छन भन्ने विषय बस्तुलाई देखाईएको छ ।

श्रीमान विदेश गएर पाँच वर्ष सम्म घरमा कुनै खवर र अत्तोपत्तो नभएपछि सासुले बुहारीलाई घरदेखी निकालेको र पाँच वर्षपछि श्रीमान् विदेशदेखी घर फर्किदा श्रीमतीसँग विहे गरेर घरजम गरेको कथाबस्तु प्रस्तुत गरिएको छ ।

जसले गर्दा ‘मनमा पिर’बोलको गीतले सामाजिक सञ्जाल युट्युबमा ट्रेन्डिङ्गमा उकालो चढीरहेको छ । बुधबार साँझ सार्वजनिक गीतको भिडियो समाचार तयार पर्दा सम्म युट्युब ट्रेन्डिङको ५ नम्बरमा रहेको छ ।

लोकप्रिय गायक रामजी खाँड र गायिका प्रविशा अधिकारीको स्वर रहेको यस गीतको शब्द रामकान्त न्यौपानेले लेखका हुज् । बादल घिमिरेको संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका छन् ।

यस्तै २०४९ सालमा बुवा उमाकान्त भण्डारी र आमा पिमा भण्डारीका कान्छा छोराको रुपमा जन्मिएका सागर दाङको क्षेत्रमा एक सफल युवा व्यवसायीका रुपमा पनि परिचित छन । सांगीतक क्षेत्रमा जम्दै गरेका भण्डारी दाङको चर्चित तथा अब्बल एफएम रेडियो मध्यपश्चिमबाट प्रसारण हुने लोकप्रिय कार्यक्रम तपाईको अभिनय संचालन पनि गर्दै आएका छन । विगत १३ वर्षदेखी उक्त कार्यक्रम चलाउदै आएका सागरले आफ्नो अभिनयलाई रेडियोको बन्द कोठाभित्रबाट मात्रै श्रोतामाझ पुराउने मात्र नभई १६ वटा गितमा अभिनय गरेर श्रोता तथा दर्शकहरुमाझ पुराएका छन् ।

करिव साढे दुई वर्षको अन्तरालमा नेपाली सांगितिक बजारमा सागर भण्डारी अभिनित गितहरुले राम्रो चर्चा र दर्शकको माया बटुल्न सफल भएका छन् । दाङको रेडियो मध्यपश्चिममा कुशल कार्यक्रम संचालकका रुपमा चिनिएका सागरले रेडियो मार्फत् अभिनय प्रेमीहरुलाई अभिनय गर्न सिकाउने तथा प्रेरणा दिने र आफैले पनि श्रोतासँगै अभिनय गर्ने गर्दै आएका छन् ।

बजारमा सर्बत्र उपलब्ध मायालु, मलाई माया गरन, लुसु लुसु, आशु ढीकाले, तिम्रै मायाले, गोरि गोरी, तीम्रो घरको आगनीमा, सितको पानी, गोल्डेन को चुरा, नाटकै भाछ नि तीज, पर्खाइ बोलका नेपाली गीतहरुमा दमदार अभिनय देख्न सकिन्छ । ” गीत संगीत त प्राण धान्ने सास जस्तै बनि सक्यो, मैले फेर्ने हरेक सासमा म गीत संगीत पाउछु, मैले अभिनय गर्ने गीतहरुलाई न्याय दिएर अभिनय गरेको छु जस्तो लाग्छ, अहिलेसम्म स्रोता, पाठकले मन पराई दिनु भएको छ, स्रोताको माया निरन्तर रहोस” – सागर भन्छन ।

अहिले चर्चामा रहेको मनमा पिर बोलको गितमा विक्रम चौहानको कथा एवं निर्देशनमा तयार भिडियोमा सागर भण्डारी, प्रियना आचार्य, बादल घिमिरे, पुष्पलता भट्टराईको अभिनय छ । भिडियोले सामाजिक कथा प्रस्तुत गरेको छ । मोडल सागर भण्डारीका अनुसार गित तथा भिडियो प्रस्तुतीबाट राम्रो प्रतिक्रिया प्राप्त भइरहेका छन् । मिलन विश्वकर्माको सम्पादनपश्चात ‘नमस्ते प्लस’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।।

प्रकाशित मिति : २०७९ जेष्ठ २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्