२०८१ असार ६ गते बुधवार

दाङमा पौडी खेल्ने क्रममा डुवेर एक युवकको ज्यान गयो



२७ जेठ,  दाङ-  दाङमा हाइ ड्याममा पौडी खेल्ने क्रममा डुवेर एक युवकको ज्यान गएको छ । जिल्लाको शान्तिनगर गाउँपालिका वडा नम्बर ३ भित्री खोला स्थित हाइ ड्याममा पौडी खेल्ने क्रममा ती युवकको ज्यान गएको हो ।

ज्यान जानेमा शान्तिनगर वडा नम्बर ३ माइलिपानी निवासी अन्दाजी १७ बर्षिय वीर बहादुर थापा रहेको स्थानीय डिल बहादुर केसीले जनाएका छन ।

आज ( शुक्रबार) दिउँसो करिब पौने एक बजे तीन जना साथीहरुसंग पौडी खेल्न गएका थापाको डुबेर मृत्यु भएको जनाइएको छ । अहिले घटना स्थलमा प्रहरी चौकी चिराघाटको टोलि पुगि सकेको र लास बाहिर निकाल्नको लागि प्रहरीको टोलि घोराहीबाट घटनास्थल लागि सकेको जनाइएको छ ।।

प्रकाशित मिति : २०७९ जेष्ठ २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्