२०८२ बैशाख १८ गते बुधवार

अभियान्ता शाहीद्धारा दाङका २७ स्वास्थ्य चौकीलाई निशुल्क स्वास्थ्य सामाग्री



२७ जेठ,घोराही –
नेपालका युवा सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीले दाङका अस्पताल तथा स्वास्थ्य चौकीलाई निशुल्क स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ ।

‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानका प्रमुख समेत रहेका अभियान्ता शाहीले दाङ २७ वटा स्वास्थ्य चौकी र अस्पताललाई स्वास्थ्य सामाग्री वितरण गर्नुभएको हो ।
दाङको लमहीमा एक कार्यक्रमका विच दाङका २७ वटा स्वास्थ्य चौकी र अस्पताललाई अक्सिजन कन्सर्नट्रेटर, पिपिई, मास्क, सेनिटाइजर, पञ्जा लगायत विभिन्न किसिमका स्वास्थ्य सामाग्री निशुल्क वितरण गरिएको हो ।

कोरोना महामारीको यो विषम परिस्थिति जनता बचाउने यो अभियान अन्तर्गत विभिन्न जिल्लामा स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको अभियान्ता शाहीले बताउनुुभयो ।।

प्रकाशित मिति : २०७८ जेष्ठ २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्