२७ जेठ, दाङ –
आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । अमेरिका, बेलायत, युरोप, मगोलिया, चीनलगायतका क्षेत्रबाट मात्र यो देखिने भएकाले नेपालमा बार्न नपर्ने पञ्चांग निर्णायक समितिले जनाएको छ ।
यो सूर्य ग्रहण यो वर्षको पहिलो हो । नेपाली समय अनुसार दिउँसो १ बजेर ५७ मिनेटदेखि साँझ ६ बजेर ५६ मिनेटसम्म सूर्यग्रहण लाग्नेछ । तर नेपालबाट देख्न नसकिने समितिका सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिनुुभयो ।।
प्रकाशित मिति : २०७८ जेष्ठ २७ गते बिहिवार