२७ वैशाख, दाङ-
दाङमा एक वडाध्यक्षका उम्मेदवारको निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ । एमालेबाट उम्मेदवार बनेका चौधरीको मंगलबार राति निधन भएको हो ।
बघौसी निवासी ५३ बर्षीय चौधरी मिर्गौला, कलेजोको विरामी थिए । यस अघिको कार्यकाल तुलसीपुर १७ को सडा सदस्य भएर समेत काम गरेका थिए ।
चुनाब प्रचारकै क्रममा एक्कासी विरामी परेपछि उनलाई उपचारकालागि २ पटक नेपालगञ्ज स्थित भेरी अस्पतालमा लगियो । तर,त्यहाँ पनि सञ्चो नभएपछि थप उपचारकालागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो । त्यही क्रममा उनको निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले बताए ।।