२७ बैशाख,घोराही ।
आज (सोमबार)दाङका थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिकाका ३ जना, तुलसीपुर, राजपुर र दंगिशरणका एक/एक जना कोरोनाका विरामीको मृत्यु भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ।
योसंगै बैशाख महिनामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७२ पुगेको केन्द्रले जनाएको छ ।
प्रकाशित मिति : २०७८ बैशाख २७ गते सोमवार