२०८१ माघ २६ गते शनिवार

सोमबार दाङका झण्डै ४ सय जनामा कोरोना पुष्टि



२७ बैशाख,घोराही ।
आज दाङका झण्डै ४ सय जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही तथा जिल्ला बाहिर गरिएको पिसिआर परिक्षणमा ३ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

५ सय ५० जनाको स्वाव परिक्षण गर्दा २ सय ११ पुरुष र १ सय ८७ जना महिलामा गरी ३ सय ९८ जना संक्रमण देखिएको केन्द्रले जनाएको छ । बैशाख महिनाको अहिलेसम्म ३ हजार ५ सय ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

केन्द्रका अनुसार आज दाङका ७६ जना निको भएका छन् । बैशाखयता मात्रै जिल्लामा १ हजार ३ सय ३६ जना संक्रमण मुक्त भएका छन् । यो सँगै अहिलेसम्म संक्रमण मुक्त हुनेको संख्या ४ हजार ८ सय ४ पुगेको छ ।

 

प्रकाशित मिति : २०७८ बैशाख २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्