२०८१ भाद्र २९ गते शनिवार

कोरोनाको जोखिम कायमै रहेकाले सतर्क रहन दाङ प्रशासनको आग्रह



२८ चैत्र,घोराही ।
जिल्ला प्रशासन कार्यालय दाङले कोरोना महामारीका जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्न आम नागरिकमा पनः अपिल गरेको छ ।

प्रमुख जिल्ला अधिकारी दीर्घत्तारायण पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड र सरसफाईमा विशेष ध्यान दिन अपिल गर्नुभएको हो ।

उहाँले केन्द्रको विगतको सर्कलर र स्थानीय प्रशासनले जारी गरेको सूचनालाई पालना गर्न सके दाङलाई कोरोनाको अतिप्रभावित जिल्ला बन्नबाट रोकन सकिने बताउनुभयो । उहाँले विगतमा दाङ जिल्ला कोरानाको अतिप्रभावित जिल्लाका रुपमा रहेको स्मरण गर्नुभयो ।

कारोना संक्रमणबाट जोगिनका लागि नियमित सरसफाईमा ध्यान दिन, मास्क अनिवार्य लगाउन, सामाजिक दुरी कायम गर्न र खानपीनमा ध्यान दिन सबैभन्दा उपयुक्त विकल्प रहेको बताउनुभयो ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाभन्दा बढी मानिस भेला नहन गरेको आग्रहलाई आत्मसात गर्दै जिल्लामा अहिले भीडभाड नियन्त्रण गरी हाल्ने अवस्था नआए पनि जोखिमलाई सबैले बुझेर काम गर्नुपर्ने बेला आएको बताउनुभयो ।।

प्रकाशित मिति : २०७७ चैत्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्