२०८१ असोज १९ गते शनिवार

भिजिट भिसामा सरकारको नयाँ व्यवस्था




२६ फागुुन,काठमाडौँ – नेपाल सरकारले पर्यटक भिसामा विदेश जाने सम्बन्धमा नयाँ व्यवस्था ल्याएको छ। अध्यागमन विभागले नयाँ कार्यविधि कार्यान्वयनमा नल्याउँदासम्म गृह मन्त्रालयले पछिल्लो व्यवस्थालाई परिमार्जन गरेको हो ।

गृह मन्त्रालयका अनुसार खाडी मुलुकका हकमा कम्तीमा दुई पटक गइसकेको र खाडीभन्दा बाहेककाको हकमा कम्तीमा एक पटक गएकाले भिजिट भिसा जान पाउने छन् । वार्षिक न्यूनतम ५ लाख रुपैयाँ कर योग्य आय भई कम्तीमा सोको आधा रकम बैङ्क खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्ध भएका व्यक्तिहरूलाई पनि जान दिइने गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्